PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

छिपहरमाईमा कोरोनाले मृत्यु भएका परिवारका सदस्यले जागिर पाउने, उपचार सबै निशुल्क



छिपहरमाईमा कोरोनाले मृत्यु भएका परिवारका सदस्यले जागिर पाउने, उपचार सबै निशुल्क

वीरगंज : पर्साको एक पालिकाले कोरोना महामारीको दोस्रो चरणमा मृत्यु भएका परिवारजनमध्ये एक जनालाई रोजगारी दिने घोषणा गरेको छ।

पर्साको पश्चिमी–दक्षिणी छिपहरमाई गाउँपालिकाले परिवारका सदस्यलाई रोजगारीका साथै सम्पूर्ण कोरोना संक्रमितहरुको उपचारमा लाग्ने खर्च पनि ब्यहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले जानकारी दिए।

उनका अनुसार कोरोना महामारीको बेला गाउँपालिका भरीका गरिब असहायलगायतका संक्रमितको उपचारमा कुनै कमजोरी नहोस् भन्ने अभिप्रायले गाउँपालिकाकै पूर्ण खर्चमा संक्रमितको उपचार गरिने छ।

‘मैले पालिकाका सबै जनतामा सूचना सार्वजनिक गरेको छु। यदि संक्रमण भयो भने तत्काल पालिकाको वडाको स्वास्थ्य चौकीमा सम्पर्कमा आई औषधि उपचारलगायतको सेवा लिन भनेको छु,’ उनले भने, ‘मैले कसैको मृत्यु नहोस् भन्ने भगवानसँग प्रार्थना गर्दछु। तर पनि भावितब्यलाई कसरी टार्न सकिन्छ? यदि कसैको कोरोना संक्रमणले मृत्यु भएको अवस्थामा परिवारजनमध्ये एक सदस्यलाई पालिकाले रोजगारीको व्यवस्था मिलाउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell