PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

कांग्रेसले शनिवार बोलायो संसदीय दलको बैठक, विश्वासको मतबारे छलफल हुने



कांग्रेसले शनिवार बोलायो संसदीय दलको बैठक, विश्वासको मतबारे छलफल हुने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। दलका नेता शेरबहादुर देउवाले सबै सांसदलाई उपस्थित हुनेगरी बैठक बोलाएका हुन्।

प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार वैशाख २५ गते शनिवार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले लिने भनिएको विश्वासको मत लगायत विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ।

बैठक संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदैछन्। कांग्रेसले विश्वासको मत नदिने निर्णय गरिसकेको छ। मत माग्न बुधवार प्रधानमन्त्री ओली नेताहरु लिएर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell