PahiloPost

Oct 18, 2025 | २ कात्तिक २०८२

कारागारमा रहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा



कारागारमा रहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा
PHOTO : qatar-tribune

काठमाडौं : रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ। कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन। कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई आममाफी दिँदै आएको छ। दोहास्थित नेपाली दूतावासले नेपाली कैदीबन्दीको रिहाइका लागि कतार सरकारसमक्ष अनुरोध गरेको थियो। आममाफी पाएका नेपालीको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिने दूतावासले जनाएको छ।

यसैबीच कतारले छिट्टै नयाँ नोट प्रचलनमा ल्याउने घोषणा गरेको उल्लेख गर्दै दूतावासले आफूसँग रहेका पुराना कतारी नोट तत्काल सटही गर्न त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ। कतारले २०२१ जुलाई १ देखि पुराना नोट चलनचल्तीमा ल्याउन नपाइने जनाएको छ। कतारले राष्ट्रिय दिवसको अवसर पारी २०२० डिसेम्बर १८ देखि पाँचौँ संस्करणको नयाँ कतारी रियालको नोट प्रचलनमा ल्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell