PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

माल्दिभ्सका पूर्वराष्ट्रपति एवम् सभामुख नासिद लक्षित विस्फोट, अस्पतालमा उपचार हुँदै



माल्दिभ्सका पूर्वराष्ट्रपति एवम् सभामुख नासिद लक्षित विस्फोट, अस्पतालमा उपचार हुँदै
Photo : raajje.mv

माल्दिभ्सका पूर्व राष्ट्रपति एवम् सभामुख मोहम्मद नासिदलाई लक्षित गरेर आक्रमण भएको छ। राजधानी मालेमा रहेको उनको घरबाहिर भएको विस्फोटमा नासिद घाइते भएका छन्। हाल उनलाई एडिके अस्पताल लगिएको छ।

नासिदलाई हाल अपरेशन थिएटर लगिएको स्थानीय संचारमाध्यमले जनाएका छन्। विस्फोटमा एक विदेशी नागरिकसहित चारजना घाइते भएको र उनीहरुको पनि एडिके अस्पतालमा नै उपचार भइरहेको बताइएको छ। नासिदको घरबाहिर रहेका  गाडीहरुमा विस्फोटका कारण क्षति पुगेको छ।

घटनापछि नासिदको घर बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

कोरोना संक्रमण बढेपछि बिहीबार रातिबाट मालेमा कर्फ्यू घोषणा गरिएको थियो। कर्फ्यूको पूर्वसन्ध्यामा अघि पूर्व राष्ट्रपतिमाथि आक्रमण भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell