अमेरिकाको एक विद्यालयमा दुई विद्यार्थीले गोली चलाएर आफ्नै साथीहरुलाई घाइते बनाएका छन्। इडाहोस्थित रिगबी मिडल स्कुलमा कक्षा ६ मा अध्ययनरत् ११ र १२ वर्षीया बालिकाले गोली चलाउँदा दुईजना विद्यार्थी र एक जान कर्मचारी घाइते भएको बीबीसीले उल्लेख गरेको छ।
घाइते तीनैजनाको अवस्था सामान्य रहेको बताइएको छ।
बालिकाले गोली चलाउन सुरु गरेपछि एक शिक्षिकाले बन्दुक खोस्न सफल भएकी थिइन्। त्यसपछि प्रहरी नआएसम्म बालिकाहरुलाई विद्यालयमा नै 'डिटेन' गरि राखिएको थियो।
बालिकाहरुले विद्यालयमा बन्दुक ल्याउनु र गोली प्रहार गर्नुको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
अमेरिकाका विद्यालयमा गोली चल्ने घटना धेरै हुने गरेको छ। राष्ट्रपति जो बाइडेनले सर्वसाधरणलाई बन्दुक राख्ने नीतिमा कडाइ गर्ने मत राख्नै आएका छन्।