PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धन उम्मेदवार देवकोटाद्वारा मनोनयन दर्ता, बादल पनि पुग्दै



राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धन उम्मेदवार देवकोटाद्वारा मनोनयन दर्ता, बादल पनि पुग्दै

हेटौंडा : वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा कांग्रेस माओवादी केन्द्र गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन्।

वाग्मती प्रदेश नीति योजना आयोगका पूर्व अध्यक्षसमेत रहेका देवकोटाले वाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा मनोनयन दर्ता गराएका हुन्।

देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन्।

डा.देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षको साझा उम्मेदवार हुन्।

वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडामा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ।

नेकपा एमालेको तर्फबाट भने उम्मेदवारको रुपमा गृहमन्त्री रामबहादुर थापाले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको नेकपा एमाले मकवानपुरका नेता एकलाल श्रेष्ठले जानकारी दिए।

बादल मनोनयनका लागि हेटौँडा पुगिसकेका छन्। उनी केही समयमा नै निर्वाचन आयोगको कार्याल पुग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell