PahiloPost

Nov 12, 2024 | २७ कात्तिक २०८१

‘हल्का हल्का लजाएर’मा राजेश-करिश्मा र पल-पूजाको जोडी



‘हल्का हल्का लजाएर’मा राजेश-करिश्मा र पल-पूजाको जोडी

काठमाडौं : चन्द्र प्रसाइँ ‘परिस्कृत’को शब्द रहेको ‘हल्काहल्का लजाएर...’ बोलको गीत सार्वजनिक भएको छ।

संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका अञ्जु पन्त र गायक निशान भट्टराईले स्वर दिएका छन्। गीतलाई ईनाक्षी इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत गीतलाई बिहीबार रिलिज गरिएको छ।

गीतकार प्रसाइँले अलिक फरक शैलीको गीतमा आफूले शब्द लेखेको बताएका छन्। ‘पहिलेका गीतहरू मिलन, बिछोड, पिरती, बियोगान्तसँग सम्बन्धित थिए’, उनले भने, ‘हल्काहल्का लजाएर... अलिक फरक शैलीमा छ।’

संगीतकार श्रेष्ठले पनि गीत फास्ट बिटमा बनेको बताएका छन्। ‘गीतमा नयाँ प्रयोग गरेका छौं,’ उनले भने, ‘गीतबाट हाम्रो अपेक्षा ठूलो छ।’ दर्शक स्रोताहरूको चाहनाअनुसार गीत बनाइएको श्रेष्ठको भनाई छ।

गीतमा अरेञ्ज गोपाल रसाइलीको रहेको छ। मिक्सिङ/मास्टरिङ श्यामश्वेत रसाइलीको छ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको छ।

म्युजिक भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन्। सम्पादन विकास दाहालको रहेको छ।

यसअघि, प्रसाइँको शब्द रहेको ‘पुरानो घाउ...’ बोलको गीत रिलिज भएको थियो। ‘पुरानो घाउ...’कै टिमले ‘हल्काहल्का लजाएर...’ फास्ट बिटको गीत लिएर आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell