PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारी सिफारिस



न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारी सिफारिस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा रामप्रसाद भण्डारीलाई सिफारिस गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रवार भण्डारीलाई उक्त पदका लागि सिफारिस गरेका हुन्।

लक्ष्मीबहादुर निरालाको निधनपछि रिक्त स्थानका लागि रामेछापको सुनापती गाउँपालिकाका वरिष्ठ अधिवक्ता भण्डारीलाई सिफारिस गरिएको हो। निरालाको वैशाख २१ गते कोरोना सक्रमणबाट निधन भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई परिषद्को सदस्यमा नियुक्त गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell