PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री ओलीको दाबी : नेपालमा कोरोना संक्रमण नियन्त्रणमा, पत्याएनन सर्वसाधारणले



अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री ओलीको दाबी : नेपालमा कोरोना संक्रमण नियन्त्रणमा, पत्याएनन सर्वसाधारणले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको दावी गरेका छन्। भारतमा संक्रमण फैलिँदा ठूलो क्षति हुँदा तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको अवस्था पनि भारत उन्मुख भएको समाचारहरु आइरहँदा ओलीले सीएनएनसँगको अन्तर्वार्ताका क्रममा देशमा संक्रमण नियन्त्रणमा रहेको दाबी गरेका हुन्। कुराकानी कै क्रममा ओलीले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न अपिल समेत गरेका छन्।

नेपालमा शुक्रवार हालसम्मकै सबैभन्दा बढी ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै, मृतकको संख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ।

पशुपति क्षेत्रमा नदीको बिचमै मृतकको शव जलाइरहेको तस्विरहरु सार्वजनिक भएपछि नेपालबारे अन्तर्राष्ट्रिय चासो अहिले बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न तातोपानी, बेसार पानी, अम्बाको पात लगायत विकल्प सुझाएको विषयसमेत अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको थियो।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय संचार माध्यममा नेपालमा संक्रमणको दर नियन्त्रणमा रहेको प्रतिक्रिया दिएपछि सामाजिक संजालमा उक्त अभिव्यक्तिको विरोध सुरु भएको छ। दैनिक हजारौंको संख्यामा संक्रमण थपिँदै गर्दा अस्पतालमा बेड र अक्सिजन नपाउँदा संक्रमितहरुको ज्यान गइरहेको भन्दै प्रधानमन्त्रीको दाबी 'झुटो' भएको भन्दै संजलमा बहस छेडिएको छ। संजाल प्रयोग कर्ताहरुले प्रधानमन्त्री ओलीले अर्कै कुनै नेपाल भन्ने देशको अवस्थामा नियन्त्रणमा रहेको  बताएको हो कि ? भन्दै आलोचना समेत गरिरहेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell