PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

समाजवादको ‘नेपाली मोडल’ : कोरोनाका बिरामीलाई ट्याक्टर, मनोनयन दर्ताका लागि हेलिकप्टर



रवीन्द्र मानन्धर

समाजवादको ‘नेपाली मोडल’ : कोरोनाका बिरामीलाई ट्याक्टर, मनोनयन दर्ताका लागि हेलिकप्टर

कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा अस्पतालमा बेड अभाव भइरहेको छ। नयाँ भेरियन्ट निकै तीव्र गतिमा फैलँदा कतिपय जिल्लाहरुमा कोरोना नियन्त्रणहिर पुगिसेकेको छ। अस्पतालमा बेडमात्र हैन, अस्पतालसम्म पुग्न एम्बुलेन्ससम्म नपाएर सर्वसाधरण ज्यान गुमाइरहेका छन्। काठमाडौंका केही अस्पतालले अक्सिजन अभाव भएको समेत जनाइसकेका छन्।

यसै साता दुई फरक दृश्य सञ्चारमाध्यममा आए। ती दुई तस्विरमा एकातिर कोरोना संक्रमित अस्पताल जाने एम्बुलेन्स नपाएर ट्याक्टरमा अस्पताल लगिँदै गरेको थियो। जुन नवलपुरको देवचुली नगरपालिकाको थियो।

यस्तै सातामै दोस्रो तस्विर पनि सार्वजनिक भयो। जहाँ बहालवाला गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनका लागि हेलिकप्टरमा सवार थिए। काठमाडौंबाट मनोयनका लागि आफ्ना सारथीसहित उनी हेलिकप्टरमा हेटौंडा पुगे।

समाजवादउन्मुख राज्य व्यवस्थाका दुई तस्विर सामाजिक सञ्जालमा पनि काफी भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell