PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

देउवा भेट्न राजेन्द्र महतोसहित बुढानिलकण्ठ पुगे महन्थ ठाकुर



देउवा भेट्न राजेन्द्र महतोसहित बुढानिलकण्ठ पुगे महन्थ ठाकुर
फाइल फोटो

काठमाडौं : जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। पछिल्लो राजनीतिक परिस्थितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि नेताहरु बुढानिलकण्ठ पुगेको बताइएको छ।

अध्यक्ष ठाकुर र महतो बिहान ९ बजे देउवा निवास पुगेका हुन्। नेताहरुबीच छलफल जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिन लाग्दा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता देउवाले ओलीलाई असफल बनाउनुपर्ने बताउँदै आएका छन्। अन्य दललाई पनि ओलीलाई साथ नदिन कांग्रेस संसदीय दलले शनिवार निर्णय गरेको थियो।

पछिल्लो पटक देउवासँग यस विषयमा छलफलका लागि प्रधानमन्त्री ओली, एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठ पुगिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell