PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

अशोक शर्माको आक्रोश : ‘यो देशमा सरकार नै छैन’



अशोक शर्माको आक्रोश : ‘यो देशमा सरकार नै छैन’

काठमाडौं: फिल्म निर्माता तथा निर्देशक अशोक शर्माले यो देशमा सरकार नरहेको अनुभूति भएको टिप्पणी गरेका छन्।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको 'कोरोनापछि चलचित्र बजार' छलफलमा बोल्दै निर्देशक शर्माले सरकारप्रति आक्रोश पोखेका छन्।

'सरकार चल्ने भनेको व्यवसायी र जनताको करबाट हो। त्यसैले सरकारले लिने मात्रै होइन। दिने पनि गर्नुपर्छ। देशको हरेक नागरिकलाई यस्ता महामारीबाट पर्ने असरबाट बचाउन सरकारले राहत प्याकेज ल्याउन जरुरी छ,' उनले भने।

कोरोना महामारीले नेपाली फिल्म क्षेत्र १० वर्ष पछाडि धकेलिएको बताउँदै शर्माले डेढ वर्षदेखि स्टक रहेका रिलिज हुन बाँकी फिल्मका निर्मातालाई सरकारले अनुदान दिनुपर्ने माग गरे।

'चलचित्र क्षेत्रले सरकारलाई विभिन्न करको नाममा अर्बौ पैसा तिरेको छ। फिल्म क्षेत्र यस्तो अवस्थामा पुगेको बेला यतिसम्मको अनुदान दिन्छौं भनेर किन यो सरकारले भन्न नसकेको? के यो सरकारको जिम्मेवारी छैन,' उनले प्रश्न गरे।

पहिलो निर्माता र दोस्रोमा हल वितरकलाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ। कोरानाकालमा पनि सरकारले हलबाट विद्युत चार्ज पनि नछोडेमा उनले गुनासो गरे। अरु देशमा महामारीको बेला सरकारले जनतालाई पैसा र राहत बाँडिरहेको भए पनि नेपाल सरकारले भने ढुकुटी समेत खोल्न नसकेको उनले दुखेसो पोखे।

भन्छन्, 'हाम्रो देशमा नेताहरुलाई आफ्नो गोजी कसरी भर्ने र कसरी अर्कोलाई झारेर सत्तामा पुग्ने खेल बाहेक केहीँ भएको छैन। यस्तो महामारीको बेला बेड र अक्सिजन छैन। अक्सिजन नपाएर मान्छे मरेको समाचार आइसक्यो। यो सरकार नालायक छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell