PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बागमती प्रदेशका सबै जिल्लामा पीसीआर ल्याब स्थापना गरिने



बागमती प्रदेशका सबै जिल्लामा पीसीआर ल्याब स्थापना गरिने

हेटौंडा : बागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ। कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय सामाजिक विकास मन्त्रालयले गरेको हो। मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टीजेन पठाएको र आरटी पीसीआर सेवा संचालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिइन्।

मन्त्री बस्नेतले भनिन्, 'प्रयोगशाला भनेको कोरोना संक्रमणको जोखिमको बेला मात्रै होइन, अन्य रोगको पनि परीक्षणका लागि पनि प्रयोगमा आउने महत्वपूर्ण स्वास्थ्य उपकरण हो, त्यसैले अहिले कोरोना संक्रमणको बेला पीसीआर र पछि अन्य परीक्षण गर्न मिल्ने भएकाले सबै ल्याब जिल्लामा स्थापना गर्ने निर्णय गरेका हौं। मन्त्रालयले मेसिन खरिदलगायतका आवश्यक प्रक्रिया शुरु गरेको छ।'

यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब छ। केही दिनअघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न शुरु गरिसकेको छ। अब प्रदेश अन्तर्गतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ। मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमको लागि लाग्ने रकमको इष्टिमेट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने र सो प्राप्त भएपछि स्रोत सुनिश्चितताका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा लेखि पठाउने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell