PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधानमन्त्रीमा संविधान म नै हुँ भन्ने प्रवृति देखियो, हुकुमी शैलीमा शासन चलाउने काम भयो : देउवा



प्रधानमन्त्रीमा संविधान म नै हुँ भन्ने प्रवृति देखियो, हुकुमी शैलीमा शासन चलाउने काम भयो : देउवा

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दम्भ देखिएको बताएका छन्।

विश्वासको मतमाथिको छलफलमा भाग लिँदै देउवाले भने, ‘सर्वोच्च अदालतले प्रतिनिधि पुनर्स्थानपना पछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने प्रमले त्यो पनि आवश्यकता देख्नु भएन। अधिकारको विकेन्द्रीकरण संविधानको मूल मर्म हो। तर ओली त्यतातिर लाग्नु भएन। हुकुमी शैलीमा शासन चलाउने काम भयो।’

देउवाले वर्तमान सरकार संविधानका मान्यताप्रति प्रतिबद्ध नभएको आरोप पनि लगाए। ‘धेरै अध्यादेश जारी भए हामीले त्यसको प्रतिवाद गरेका छौं। संसदको अधिवेशन आह्वान र अन्तय गर्ने सम्बन्धमा संविधानले व्यवस्था छ। सरकारबाट सभामुखलाई जानकारी नगराइ संसद अन्तय गर्ने काम भयो। त्यसलै वर्तमान सरकार संविधानका मान्यता प्रति प्रतिवद्द नभएको प्रष्ट भएको छ,’ उनले भने।

प्रधानमन्त्रीमा संविधान म नै हुँ भन्ने प्रवृति देखिएको बताउँदै देउवाले भ्रष्टाचारीको समेत संरक्षण गरेको आरोप लगाए। ‘औषधि खोप खरिदमा अनियमितता सतहमा आयो। यी कुनै पनि विषयमा छानविन नभएको देख्दा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गरेको देखिएन। बरु बचाउ गरेको देखियो,’ देउवाको आरोप थियो।

प्रदेशसभा सरकार र स्थानीय सरकारले संविधानअनुसार अधिकार प्रयोग गर्न नसकेको बताउँदै देउवाले भने, ‘आम जनतामा सरकार हुनुको तपाईले चुनावको बेला पानी जहाजको सपना, कोही भोकै बस्नु पर्दैन, कसैले रोजगारीका लागि विदेश जानु पर्दैन भन्नुभयो। यी सब कहाँ गए?’

देउवाले अहिलेको परिस्थितिका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै जिम्मेवार भएको बताए। तीन वर्षमै विश्वासको मत लिन आउने परिस्थितिका लागि स्वयं प्रधानमन्त्री नै जिम्मेवार रहेको देउवाको भनाइ थियो। ‘देश र जनताको हितमा काम गरेको भए देश अहिले कहाँ हुनथ्यो?’ देउवाले प्रश्न गरे, ‘हामीले सहयोगी भूमिका निर्वाह गर्‍यौं। आफू कार्यकारी भूमिकामा रहने अरुमाथि दोष थुपार्ने? अरुमाथि दोष र गुनासो थुपारेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न पाउनुहुन्छ? यहाँको तीन वर्षको मूल्यांकन गर्दा पूर्ण रुपमा असफल भएको छ।’

देउवाले मानिस दुनियाबाट भाग्न सक्छ आफैबाट भाग्न सक्दैन। आफैले छातिमा हात राखेर सोध्नुस् के गर्नुभयो? भनि ओलीलाई आग्रह गरे।

विश्वासको मत नपाउने भनि थाहा पाउँदा पाउँदै पनि विश्वासमो मत मागेको भन्दै देश अहिले संकटको अवस्थामा रहेको बताए। ‘बहुलवादमा आधारित संविधानमा व्यवस्था छ। समानुपातिक र समावेशि चरित्र संविधानले अंगालेको छ,’ उनले भने, मेरो मनमा प्रश्न उठिरहेको छ। के लोकतान्त्रिक मुल्य मान्यतामा देश चलिरहेको छ? सरकार सञ्चालनको जिम्मा लिएकाबाट संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित छ?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell