PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सदनबाट मत आउँदैन भन्दा कहिले हो कि, हो कि जस्तो लाग्छ : प्रधानमन्त्री ओली



सदनबाट मत आउँदैन भन्दा कहिले हो कि, हो कि जस्तो लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आफूमाथि उठेको प्रश्नको जवाफ दिन शुरु गरेका छन्। आफूमाथि विश्वासको मत माग्ने प्रयोजनले बोलाइएको बैठकमा यसअघि झन्डै ५० मिनेट सम्बोधन गर्दै ओलीले मत मागेका थिए।

त्यसपछि विपक्षी दलका नेताहरुले उनलाई विभिन्न आरोप लगाउँदै मत दिन नसकिने जनाएका छन्। आफूमाथि लागेको आरोपको जवाफ दिँदै प्रधानमन्त्रीले संसद बचाउन आफूलाई मत दिनुपर्ने जिकिर गरे।

'पाँचौ वर्ष चलाउन संविधानअनुसार मैले मागेकै त्यही भएर मत ठ्याक्कै मिलेको छ कुरा,' ओलीले भने, 'डिलको टाउकोमा हाम्फाल्ने अनि गुरुत्वकर्षणलाई दोष दिने? मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउन।

प्रधानमन्त्री ओलीले कतिपयले मार्गप्रशस्त गरौं भन्ने कुरालाई अचम्म लाग्दो भएको बताए। त्यसैगरी उनले आफूलाई केही नेताले सदनबाट मत दिँदैनन् भन्ने कुरा कहिले त हो कि जस्तो लाग्नेसमेत बताए। 'मलाई यो सदनले मत दिँदैनन् भन् साथीहरुले। मलाई त त्यस्तो लाग्दैन। तर कहिले हो कि हो कि जस्तो लाग्छ,' ओलीले भने।

यसैगरी प्रधानमन्त्री ओलीले चुनाव नजिक आइसकेकोले अब आफूलाई मत दिनुको विकल्प नभएको उल्लेख गरे। 'डेढ वर्षपछि त चुनाव आउँछ। त्यसरी चुनाव आउँदा पनि हत्या भयो त प्रतिनिधि सभाको?'

ओलीले आफूले विकासका पक्षमा धेरै काम गरेको दाबीसमेत पेश गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell