PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

देउवालाई साथ नदिने महन्थ ठाकुरको भनाई, 'जसपा नयाँ सरकार गठनमा संलग्न हुँदैन'



देउवालाई साथ नदिने महन्थ ठाकुरको भनाई, 'जसपा नयाँ सरकार गठनमा संलग्न हुँदैन'

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफ्नो साथ नहुने स्पष्ट पारेका छन्। सोमबार संसदमा तठस्थ देखिएका ठाकुरले मध्यराति एक विज्ञप्ति निकाल्दै जसपाको मुद्दा नयाँ सरकार गठन नरहेको दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठन हुने प्रक्रिया शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेको अवस्थामा ठाकुरको भनाई आएको हो। नयाँ सरकार गठनमा सहभागी हुनु मधेश आन्दोलनको मर्म र भावनाविरुद्ध भएकोसमेत अध्यक्ष ठाकुरको भनाई छ।

'वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रिय रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मुल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भै सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरित हो,' विज्ञप्तिमार्फत ठाकुरले भनेका छन्, 'मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकुल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चित प्राय छ।'

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि दलहरुको बैठक डाकेका छन्। उक्त बैठकमा जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, नेता उपेन्द्र यादवलगायत सहभागी हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell