PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु



बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु

बुटवल : बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत सिस्ने गाउँपालिका ३ रुकुम पूर्वका ५३ वर्षीय पुरुष, बारबर्दिया ६ बर्दियाकी ६३ वर्षीया महिला, खजुरा गाउँपालिका ३ बाँकेका ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका ४ बाँकेकी ४५ वर्षीया महिला, बढैयाताल ३ बर्दियाकी ७८ वर्षीया महिला, बाँसगढी नगरपालिका ९ बर्दियाका ७३ वर्षीय पुरुष, नेपालगन्ज १० बाँकेका ६८ वर्षीय पुरुष, गुलरिया ६ बर्दियाका २१ वर्षीय पुरुष र बढैयाताल १ बर्दियाका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँसगढी ५ बर्दियाका ६० वर्षीय पुरुष र कोहलपुर ८ बाँकेका ६२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए। खजुरा २ बाँकेका ८८ वर्षीय पुरुषको होम आइसोलएसनमा मृत्यु भएको छ।

यो संगै कोरोनाबाट बाँकेका १९७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १४८ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell