इजरालयले गरेको हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। विवादित गाजा क्षेत्रमा भएको आक्रमणमा बालबालिकाको समेत मृत्यु भएको र कयौं नागरिक घाइते भएका छन्। मृत्यु हुनेमा हमास समूहका सदस्य समेत रहेको बताइएको छ।
जेरुसलममा रहेको अल अस्का मस्जिदमा इजरायली सुरक्षाकर्मीहरुले प्यालेस्टाइनीमाथि दमन गरेपछि हमाल समूहले इजरालयमा रकेट आक्रमण गरेको थियो। त्यसैको बदलामा इजरायले हवाई आक्रमण गरेको बताइएको छ।
दुवै देशबिच विवाद बढ्दै गएपछि अमेरिका, बेलायत लगायतका राष्ट्रले शान्ति कायम गर्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघले पनि वार्ताका