![जम्मू कश्मीरमा सुरक्षाकर्मीको इन्काउन्टर जारी , १ जना आतंकवादी मारिए](https://pahilopost.com/assets/upload/contentthumb/E1EsN1WVgAM2Pal.jpg)
भारतको जम्मू कश्मीरमा अहिले सुरक्षाकर्मी र आतंकवादीबिच मुठभेड भइरहेको छ। एएनआइका अनुसार अनन्तनागस्थित भैलोमा सुरक्षाकर्मीको इन्काउन्टरमा तीनजना आतंकवादी पहिचान गरिएको थियो।
त्यसपछि सुरक्षाकर्मीले कारवाही अघि बढाउँदा भएको १ जना आतंककारी मारिएको हो। सुरक्षाकर्मीले हाल सो स्थानलाई सिल गरेर आतंकवादीको खोजी गरिरहेको छ।