PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बुटवलको कोरोना विशेष अस्पतालमा एकै रात ११ जना संक्रमितको मृत्यु



बुटवलको कोरोना विशेष अस्पतालमा एकै रात ११ जना संक्रमितको मृत्यु

बुटवल : बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ११ जना कोरोना संक्रमतिको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका एक एक जना रहेका छन्।

अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोही आफन्त नआएपछि अस्पताल आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए। बुद्धभुमी कपिलवस्तु, सैनामैना रुपन्देही र सुनवल नवलपरासीका संक्रमितहरुको मृत्यु पछि शव उठाउन कोहि नआएपछि अस्पतालले आफै सनाखत गरि आज मात्र शव ब्यवस्थापन गरेको थिय । उनीहरुमध्ये १ जनाको २४ गते र २ जनाको २६ गते मृत्यु भएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ११ का ४२ वर्षीय पुरुषको सोमबार राती ९:०८ बजे मृत्यु भएको थियो भने सैनामैना रुपन्देहीका ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो।

त्यस्तै सैनामैना ३ कै ४२ वर्षीय पुरुषको सोमबार राती ८ बजे, बुटवल ११ का ३६ वर्षीय पुरुषको मध्यराती १२:४५ बजे, कञ्चान ४ रुपन्देहीका ३० वर्षीय महिलाको बिहान २:५० बजे तथा रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९:०७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए।

त्यस्तै बुद्धभुमी कपिलवस्तुका ४० वर्षीय पुरुषको सोमबार राती १२:३० बजे, बुद्धभूमि कपिलवस्तुकै ४० वर्षीय पुरुषको बिहान ३:३३ बजे तथा चन्द्रौटा कपिलवस्तुका ३३ वर्षीय पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको छ। डा. गौतमका अनुसार कोरोना बिशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको छ।

एकै समयमा ठुलो संख्यामा संक्रमितहरुको हताहती भए पछि शव व्यवस्थापनमा समस्या आएको प्रवक्ता डा. गौतमले बताए। आज थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २८५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell