PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

वीरगंजमा थप दुई जना संक्रमितको नेशनल मेडिकल कलेजमा मृत्यु



वीरगंजमा थप दुई जना संक्रमितको नेशनल मेडिकल कलेजमा मृत्यु

वीरगंज : वीरगंजमा थप दुई जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पताल बाबा होटलमा वीरगंज महानगरका दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा वीरगंज ६ का ७६ वर्षीय वृद्ध र वीरगंज १५ की ५७ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। ७६ वर्षिया वृद्धको मंगलवार विहान १ बजेर २० मिनेटमा र ५७ वर्षिया महिलाको १ बजेर ५० मिनेटमा मृत्यु भएको जनाइएको छ।

दुबै जनाको वैशाख २३ गते पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो। यो संगै वीरगंजमा संक्रमित ८८ जनाको मृत्यु भइसकेको छ। जसमा ५६ जना पर्साका रहेका छन् भने बाँकी ३२ जना बारा, रौतहट, सर्लाही र भारतीय रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell