PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कोरोना महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग



कोरोना महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग
PHOTO : hindustantimes

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना महामारीबिच पीडितको लागि १५ करोड सहयोग गरेका छन्।

उनलाई महामारीको बेला केही पनि सहयोग नगरेको भनि आरोप लगाइएको थियो। उनको लगातार आलोचनासमेत भइरहेको थियो। यसैबिच उनले सोमबार राति ब्लगमार्फत सहयोग रकमको खुलासा गर्दैँ ट्रोलहरुको जवाफ दिएका छन्।

उनले लेखेका छन्, ‘कोरोनाको यस लडाईंमा धेरैले सहयोग गरिरहेका छन्। मानिसहरूलाई केवल दिल्लीको कोभिड केयर सेन्टरलाई दिएको २ करोड रुपैयाँ मात्र थाहा छ। तर महामारीबिच मेरो योगदान करिब १५ करोड भएको छ।'

यस्ता तथ्यांकहरुले आफूलाई फरक नपर्ने उनी बताउँछन्। भन्छन्, 'म काम गर्दछु, कडा परिश्रम गर्दछु र मेरो कमाई जसलाई जरुरी छ, उनमा खर्च गर्न संकल्प गर्दछु र रकम दिन सक्षम पनि छु। यस्तो समयमा यदि मैले मेरो व्यक्तिगत कोषबाट अरू केहि खर्च गर्नुपर्‍यो भने म सहयोग गर्न सधै तयार छु।'

यसका साथै उनले कोरोनाले गर्दा अभिभावक गुमाएका दुई बालबालिकाको जिम्मासमेत लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell