PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

किन गरियो प्रादेशिक अस्पताल जनकपुरको कोभिड कक्षमा तोडफोड?



सुमित मिश्र

किन गरियो प्रादेशिक अस्पताल जनकपुरको कोभिड कक्षमा तोडफोड?

जनकपुरधाम : मंगलवार महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ सुगा बस्ने एक जना बिरामी परेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे। उनी कोरोना संक्रमित थिए। उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

तर, प्रादेशिक अस्पताल आएको केहि बेर नबित्दै उनको मृत्यु भयो। उनको मृत्युपछि आक्रोसित परिवारजन र त्यहाँ उपस्थितहरूले अस्पतालमा तोडफोड गरे। अस्पतालको हेलचक्र्याईँका कारण उनको मृत्यु भएको उनका माईला छोरा आरोप लगाउँछन्।

यता प्रत्यक्षदर्शी राकेश बिक्रम साह पनि उनको मृत्यु अस्पतालको हेलचक्र्याईँकै कारण भएको बताउँछन्।

साहले भने, ‘उनी अस्पताल पुगेपछि उनलाई हेर्न न कुनै नर्स, न डाक्टर, न कुनै अस्पतालका कर्मचारी नै पुगे। अक्सिजन लगाउनु पर्ने, कसैले अक्सिजन लगाइ दिएनन्। केहि बेरपछि एकजना आएर अक्सिजनको सिलिन्डर दिए र माथिको पाइप र मास्क छैन भने।’

उनका माइलो छोरा बाहिर औषधि पसलमा अक्सिजनको पाइप लिन निस्के। ठूलो र कान्छा छोरा अस्पतालका कर्मचारीहरू खोज्दै भौतारिरहे।

‘यो समस्या उनको मात्रै थिएन् सबै बिरामीको थियो। सबै बिरामीको यहि अवस्था भएर अन्य बिरामीको कुरुवाहरु समेत आक्रोसित थिए। केहि बेरमै उनको मृत्यु भयो,’ साहले भने।

मृतकका छोरासँग अन्य बिरामीका आफन्तहरुले हो-हल्ला र विरोध गर्न थाले। त्यस बीचमै केहि उपकरण तोडफोड भयो। सोही क्रममा अस्पतालको उपचार कक्षमा जडान गरिएका भेन्टिलेटरसमेत तोडफोड भएको अस्पतालले जनाएको छ।

यता तोडफोड गरेको आरोपमा प्रहरीले मृतकका ठूलो छोरा र कान्छा छोरालाई नियन्त्रणमा लिएको छ। मृतकका दुवै छोरालाई प्रहरीले समातेर लगेपछि माइलो छोरा अस्पतालमा अलमलमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell