PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ बाट शुरु हुने



चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ बाट शुरु हुने

काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको छ। मंगलवार जिल्ला स्वास्थ्य कार्यालयले एक सूचना जारी गर्दै जेठ २ बाट भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको जनाएको हो।

खोप लगाउने केन्द्रहरु काठमाडौंका विभिन्न तहहरुमा तोकिएको छ।

'नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसिएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड १९ बिरुद्धको खोप (भेरोसेल दोश्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गते देखि सञ्चालन हुने भएको छ,' बागमती स्वास्थ्य निर्देशनालय प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ, 'यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप (भरोसेल दोश्रो मात्र लगाउने कार्यक्रम रहेको छ। तसर्थ कोभिड १९ बिरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम मिति २०७८/०२/०२ गते देखि त्यस पालिकामा कोभिड १९ विरुद्धको खोप (भरोसेल दोश्रो मात्रा) अभियान जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी संचालन गर्नु भई कोभिड १९ रोग रोकथाम र नियन्त्रण कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।' जेठ २ बाट ९ दिनसम्म चल्ने खोपमा एक लाख ५९ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखेको छ।

चीनमा उत्पादित 'भेरोसेल' भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो। चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो। उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट चैत १६ गते नेपालमा ल्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell