PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पशुपति चौलागाईंको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त



पशुपति चौलागाईंको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

काठमाडौं : नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति कांग्रेसले दु:ख व्यक्त गरेको छ। नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शोक वक्तव्य जारी गर्दै चौलागाईको निधनमा दु:ख व्यक्त गरेको हो।

'पूर्व सांसद, संविधान सभा सदस्य, बागमती प्रदेश सभा सदस्य एवं नेकपा एमाले पार्टीका प्रभावशाली नेता माननीय पशुपति चौलागाईको उपचारको क्रममा वैशाख २८ गते भएको निधन प्रति नेपाली कांग्रेस संसदीय दल दुःख व्यक्त गर्दछ,' शोक वक्तव्यमा भनिएको छ, 'दोलखा जिल्लाका स्व चौलागाई २०५६ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संधिवान सभा सदस्य र २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो। नेपाली कांग्रेस संसदीय दल उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्दछ।'

यसैगरी नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेशले पनि चौलागाईंको निधनमा दु: ख व्यक्त गरेको छ। कांग्रेस संसदीय दल बागमतीका सचिव निमा लामाले शोक वक्तव्य जारी गर्दै उनको निधनले स्तब्ध भएको जनाएको छ। 'दुःखको यस घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल गहिरो समवेदना व्यक्त गर्दछ। चौलागाईंको निधनले बागमती प्रदेशसभाले एक प्रखर, प्रभावशाली एवं गहन विचारक गुमाएको छ,' शोक वक्त्यवमा भनिएको छ, 'नेपालको राजनैतिक परिवर्तनका हरेक आन्दोलनमा उहाँले खेल्न भएको भूमिका र सामाजिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उपेक्षित एवं उत्पिडित वर्गको उत्थान र अधिकार स्थापित गर्न गर्नभएको त्याग नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल सधैं स्मरण गरिरहनेछ। अन्त्यमा, दिवंगत प्रदेशसभा सदस्य पशुपति चौलागाईको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन एवं आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं।'

कोरोना संक्रमणका कारण चौलागारइँको निधन भएको छ। मंगलबार राति करिब दश बजे मनमोहन अस्पतालमा चौलागाईँको निधन भएको थियो। उनलाई अघिल्लो साता संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था असहज बनेपछि अस्पताल लगिएको थियो।

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य चौलागाईँ देलखा प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए।

यसैगरी दिवंगत चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्। मन्त्री गुरुङ मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे।

चौलागाईंको पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell