PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वीरगंजमा थप ४ जना संक्रमितको मृत्यु



वीरगंजमा थप ४ जना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप कोभिड-१९ संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा २ जनाको र नेशनल मेडिकल कलेजको बाबा होटलको कोभिड अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

गएराति सवा ९ बजेको समयमा वीरगंजको भवानी अस्पतालमा पर्सा, पकहामैनपुर गापा १ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। वैशाख २५ गते अस्पताल भर्ना भएका उनलाई सोही दिन एन्टीजीन विधिबाट परिक्षण गर्दा पोजेटिभ पुष्टि भएको थियो।

जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवका अनुसार नारायणी अस्पतालमा बारा, प्रसौनी गापा २ का ५७ वर्षीय पुरुषको गएराति १० बजे उपचारको क्रममा मृत्यु भएको थियो भने बुधवार विहान १ बजे पर्सा, छिपहरमाई गापा ५ भिस्वाका ७२ वर्षीय पुरुषको उपचारको त्रममा नारायणी मै मृत्यु भएको थियो।

त्यसैगरी बारा जितपुरसिमरा उपमहानगरपालिका वडा न. ३ बजनीका ६८ वर्षीय वृद्धको उपचारको क्रममा बुधवार विहान ६ बजे नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटल कोभिड अस्पतालमा मृत्यु भएको छ। नारायणीमा मृत्यु भएको बारा प्रसौनीका संक्रमितलाई वैशाख २० गते अस्पताल भर्ना गरी सोही दिन एन्टीजीन परिक्षण गर्दा पोजेटिभ देखिएको थियो भने छिपहरमाईका संक्रमितलाई वैशाख २३ गते अस्पताल भर्ना गरी उपचार भइरहेको थियो। उनको पनि सोही दिन एन्टीजीन पोजेटिभ आएको थियो।

नारायणीमा मृत्यु भएका दुबैको कोभिड निमोनियाको कारण दुबै फोक्सो खराब भएर श्वासप्रश्वासमा समस्या उत्पन्न भई मृत्यु भएको जनाइएको छ। त्यसैगरी, बाबा होटलको कोभिड अस्पतालमा अक्सिजन सपोर्टमा राखिएका संक्रमितको भेन्टिलेटरको अभावमा मृत्यु भएको जनाइएको छ। यसैगरी, मंगलवार वीरगंजको विभिन्न अस्पतालमा गरी थप ७ जनाको मत्यु भएको थियो भने सोमवार १० जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell