PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

संकटको बेला वीरगंजमा सञ्चालनमा आयो २४ बेड क्षमताको अस्पताल



संकटको बेला वीरगंजमा सञ्चालनमा आयो २४ बेड क्षमताको अस्पताल

वीरगंज : कोरोना महामारीको संकटको बेला वीरगंजमा अर्को सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ। वीरगंज–१४ बहुअरी बाइपास रोडमा स्पर्श मल्टि स्पेशलिटी हस्पिटल सञ्चालनमा आएको हो।

करिब १० करोडको लागतमा ६ कोठा क्षेत्रफलमा निर्माण भएको चार तल्ले अस्पतालले शुरुमा २५ बेडको स्वीकृति पाएको अस्पतालका चिकित्सक डा. महेश्वर कुर्मीले जानकारी दिए।

वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले अस्पतालको उद्घाटन गरेपछि विरामीको उपचार शुरु गरिएको छ। डा. कुर्मीका अनुसार हाल ५ शैय्या अकास्मिक कक्ष, १३ शैय्याको एचडियू र ११ बेडको आईसीयूसहितको गरी कुल २४ बेड क्षमताको सेवा शुरु गरिएको र पछि आवश्यकता अनुसार थप्दै जाने लक्ष्य छ।

वीरगंजमा कोभिड १९ को दोस्रो लहरले अधिकांश सरकारी र निजी अस्पतालमा बेड पाउन मुस्किल रहेको अवस्थामा अस्पताल सञ्चालन हुनुले वीरगंजको लागि खुसीको कुरा भएको वीरगंजका मेयर सरावगीले बताए। उनले भने, ‘विपदको समयमा अस्पताल सञ्चालनमा आएको छ। यसले विरामी तथा संक्रमितहरुको उपचारमा अहम भूमिका निर्वाह गर्नेछ।’

अस्पतालमा डां कुर्मीसहित वीरगंजका अन्य दक्ष चिकित्सकहरुको पनि लगानी रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell