PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

पार्टीको कारवाहीलाई जनमोर्चा सांसद थापाको चुनौती, प्रदेश प्रमुखलाई पत्र पठाउँदै भने, 'म तटस्थ छु'



पार्टीको कारवाहीलाई जनमोर्चा सांसद थापाको चुनौती, प्रदेश प्रमुखलाई पत्र पठाउँदै भने, 'म तटस्थ छु'

पोखरा : गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्‍णबहादुर थापाले पार्टीको कारवाहीलाई चुनौती दिएका छन्।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउनेगरी अघि बढेको विपक्षी गठबन्धनलाई साथ दिन नमानेका संसदीय दलका नेता थापालाई जनमोर्चाले दलको नेताबाट हटाउने निर्णय गरेको छ। पत्र सभामुख नेत्र अधिकारीलाई पठाइसकेको छ।

आफूलाई स्पष्टीकरण नै नसोधि अवैधानिक रुपमा कारवाही गरिएको भन्दै सांसद थापाले प्रदेश प्रमुख सीता पौडेललाई पत्र पठाएर काउन्टर दिएका छन्।

पत्रमा उनले आफू पार्टी कामका सिलसिलामा बाग्लुङमा रहेको अवस्थामा गैरसंवैधानिक, गैरकानूनी रुपमा कीर्ते, जालसाजी समेत गरी कारवाही गर्ने एवं दलको नेताबाट हटाउने कदमलाई वैधानिकता नदिन अनुरोध गरेका छन्।

सांसद थापाले आफू हालको सरकार निर्माणको विषयमा कुनै गठबन्धनमा नलागी तटस्थ रहेको पनि स्पष्ट पारेका छन्।

सांसद थापाले विपक्षी गठबन्धनमा हस्ताक्षर गर्न नमानेपछि यसअघि जनमोर्चाका महासचिव मनोज भट्टले प्रदेशसभा सचिवालयमा पत्र पठाएर थापालाई दलको नेतावाट हटाइएको जानकारी गराएका थिए।

राष्ट्रिय जनमोर्चाको संसदीय दलको बैठकले कांग्रेस, माओवादी केन्द्र एवं जसपासहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्नेगरी भएको निर्णयका विरुद्ध कार्यगरी दलको निर्णय विपरीत काम कारवाही संलग्न रहेको पत्रमा उल्लेख छ। यससम्बन्धमा पार्टीको निर्देशन विपरीत कार्य गरेकोले तपाइलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवश्यक कारवाही किन नगर्ने भनेर स्पष्टीकरण पनि सोधिएकोमा अटेर गरी स्पष्टीकरण नबुझाएकाले राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयलको जुम बैठकले दलको नेताबाट हटाई सोको विवरण सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरेको जानकारी प्रदेशसभालाई गराइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell