PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

वाग्मतीमा एकैदिन करोना संक्रमणका कारण ३४ जनाको मृत्यु, ४६५५ जना संक्रमति थपिए



वाग्मतीमा एकैदिन करोना संक्रमणका कारण ३४ जनाको मृत्यु, ४६५५ जना संक्रमति थपिए

हेटौंडा : वाग्मती प्रदेशमा कोरोना संक्रमणका कारण एकै दिन ३४ जनाको मृत्यु भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौँमा मात्र ११ जना महिला र ७ जना पुरुष गरि कूल १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत रहेका छन्।

त्यस्तै, मन्त्रालयका अनुसार ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, चितवन, दोलखा र सिन्धुलीमा दुई-दुईजान, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका एक-एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै वाग्मती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए।

यस्तै, प्रदेशमा पछिल्लो २४ घण्टामा ४ हजार ६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा काठमाडौँमा २ हजार ७८८, ललितपुरमा ६०२, भक्तपुरमा ५३७, रसुवामा १, नुवाकोटमा ७३, धादिङमा ११५, चितवनमा १२४, सिन्धुलीमा ४७, मकवानपुरमा ११६, रामेछापमा २४, दोलखामा १५, काभ्रेमा १५५ र सिन्धुपाल्चोकमा ५८ जना रहेका छन्।

हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ५३ हजार ३७५ रहेको छ। तीमध्ये संस्थागत आइसोलेसनमा २ हजार ४८१ जना, विभिन्न अस्पतालले संचालन गरेको एचडीयूमा ३७८ जना, आइसीयूमा ६९८ जना, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन्। यस्तै, ४९ हजार ५९८ संक्रमितहरू होम आइसोलेसन बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell