PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

बाँकेमा थप संक्रमितको मृत्यु : ६ जना महिला, ३ जना पुरुष



बाँकेमा थप संक्रमितको मृत्यु : ६ जना महिला, ३ जना पुरुष

बुटवल : बाँकेमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

भेरी अस्पतालमामा उपचाररत नेपालगन्ज १ की ४३ वर्षीया महिला, गुलरिया ८ बर्दियाकी ३२ वर्षीया महिला, भेरी अस्पतालमा उपचाररत राजापुर ६ बर्दियाकी ५६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापनका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा तुलसीपुर ६ दाङका ४३ वर्षीय पुरुष, बैजनाथ ६ बाँकेका ६४ वर्षीय पुरुष, तुलसीपुर ५ दाङकी ३५ वर्षीया महिला, डुडुवा गाउँपालिका ३ बाँकेकी ५० वर्षीया महिला, नरैनापुर गाउँपालिकाका ४२ वर्षीय पुरुष र नेपालगन्ज १२ की ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको ओलीले बताए।

योसँगै बाके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१३ र बाहिरी जिल्लाको कोरोनाबाट मृत्यु हुनेको संख्या १६३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell