PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेशनल, भवानी र गण्डकमा गरी थप ८ जनाको मृत्यु, ४ जनाको मृत्यु शंकास्पद



नेशनल, भवानी र गण्डकमा गरी थप ८ जनाको मृत्यु, ४ जनाको मृत्यु शंकास्पद

वीरगंज : वीरगंजमा थप ८ जनाको मृत्यु भएको छ। वीरगंजको नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटलको कोभिड अस्पताल, भवानी अस्पताल र गण्डक अस्पतालमा गरी चार जना कोरोना संक्रमित र चार जना कोरोनासंग मिल्दो लक्षण भएका शंकास्पद विरामीको गरी आठ जनाको मृत्यु भएको छ।

अस्पतालहरुले दिएको जानकारी अनुसार भवानी अस्पतालमा वीरगंज–१ छपकैयाका ६५ वर्षीय वृद्धको बिहीवार विहान ५ बजे र पर्सा पोखरीया १० की ६५ वर्षीया वृद्धाको आज विहान ६ बजे मृत्यु भएको छ। दुबै जनाको निमोनियाको कारण फोक्सोले काम गर्न छाडेपछि मृत्यु भएको अस्पतालका इन्चार्ज प्रकाश थापाले जानकारी दिए।

त्यसैगरी, नेशनलको बाबा होटलमा सञ्चालित कोभिड अस्पतालमा बुधवार दिउँसो १ बजे सर्लाहीका ४८ वर्षीय पुरुषको निधन भयो भने दिउँसो डेढ बजे बारा, महागढिमाई नपा १ बरियारपुरका ६८ वर्षिय वृद्धको पनि उपचारको क्रममा मृत्यु भयो। यी दुबै जनामा कोरोना संक्रमण पुष्टि भई अक्सिजन सर्पोटमा राखिएको थियो।

चार जना शंकास्पद विरामीको मृत्यु

वीरगंजमा ४ जना शकास्पद विरामीको पनि मृत्यु भएको छ। कोरोना संक्रमणसँग मिल्दो जुल्दा अर्थात उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएका वीरगंज–२१ परवानीपुरका ४० वर्षीय पुरुषको हिजो अपरान्ह ४ बजे गण्डक अस्पतालमा मृत्यु भयो। उनी एक सातादेखि विरामी थिए। छातीमा निमोनिया थियो। अस्पताल भर्ना गरी उपचार शुरु गरेको केही घण्टामै उनको मृत्यु भएको परिवारजनले जनाएका छन्।

त्यसैगरी, नेशनल मेडिकल कलेजको बाबा होटलको कोभिड अस्पतालमा पर्साका दुई र बाराका एक जना गरी कुल ३ जनाको शंकास्पद मृत्यु भएको अस्पतालका इन्चार्ज डा. ओमप्रकाश कुशवाहाले जानकारी दिए।

उनका अनुसार बारा, कोल्हबी नपा–३ का ७२ वर्षिय वृद्धको बिहीवार विहान ४ बजे शंकास्पद मृत्यु भएको छ भने हिजो साझ ७ बजे वीरगंज १७ अलौका ६३ वर्षका वृद्धको र राति १० बजे वीरगंज–२ छपकैयाका ५८ वर्षिया महिलाको मृत्यु भएको थियो। शंकास्पद मृत्यु भएका तीनै जनालाई निमोनिया र कोरोना जस्तै लक्षण भएको डा. कुशवाहाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell