PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इजरायलविरुद्ध लन्डन र न्यूयोर्कमा प्रदर्शन, गाजा आक्रमणको विरोधमा



इजरायलविरुद्ध लन्डन र न्यूयोर्कमा प्रदर्शन, गाजा आक्रमणको विरोधमा
Photo : Toby Melville/Reuters

इजयायलले प्यालेस्टाइनी हमास समूहमाथि लक्षित गर्दै गाजामा हवाई आक्रमण गरिरहेको छ। जसकारण गाजा क्षेत्र युद्ध मैदान जस्तै भएको छ। हमास समूहले पनि जवाफी कारवाही स्वरुप इजरायली शहरमा रकेट आक्रमण गरेको छ। हालसम्म आक्रमणमा ७० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रीले जनाएका छन्। 

यता इजरालयले प्यालेस्टाइनमाथि आक्रमण गरिरहँदा विश्वका केही शहरमा इजरायल विरुद्ध प्रदर्शन भइरहेको छ। लन्डन, न्यूयोर्क, काबुल लगायतका शहरमा इजरायलको विरोधमा प्रदर्शन भएको हो। 

जरुसलमा रहेको अल अस्का मस्जिदमा इजरायली सुरक्षार्कमीले प्यालेस्टाइनी नागरिकमाथि दमन गरेपछि हाल दुवै देशबिच युद्धको अवस्था सिर्जना भएको छ। प्रदर्शनमा उत्रेकाहरुले 'स्वतन्त्र प्यालेस्टाइन', 'इजरायल आतंकाकारी हो' लगायतका प्लेकार्ड र नारा सहित विरोध गरिरहेका छन्।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell