PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

देउवासँग छलफल गर्न बुढानिलकण्ठमा प्रचण्ड, नेपाल समूहको निर्णय पर्खँदै



देउवासँग छलफल गर्न बुढानिलकण्ठमा प्रचण्ड, नेपाल समूहको निर्णय पर्खँदै

काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बुढानिलकण्ठ पुगेका छन्। नयाँ सरकार गठनका लागि बहुमत पर्‍याउने कसरत जारी रहेको बेला प्रचण्ड देउवा निवास पुगेका हुन्।

माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेपनि कांग्रेसलाई मत पुर्‍याउन मुश्किल भइरहेको छ। यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रचण्ड बुढानिलकण्ठ पुगेको बताइएको छ।

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँग राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तीन दिनको समय दिएको थियो। यो समय घर्कनै लाग्दा नयाँ सरकार गठनमा दाबी गरेको कांग्रेसले बहुमत जुटाउन सकेको छैन। एमालेको माधव नेपाल पक्षको आश गरी रहेका कांग्रेसले अहिले ४ बजे नेपाल समूहले के निर्णय गर्लान् भन्ने विषयको पर्खाईमा छन्।

नेपाल समूहले पार्टीको विषयमा राखिएको अडान पुरा गर्न चार बजेसम्म ओलीलाई अल्टिमेटम दिएको छ। अल्टिमेटम दिएसँगै ओली र नेपाल हात्ती गौंडमा छलफलमा जुटेका छन्। यता जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले पनि देउवाको प्रस्ताव अस्विकार गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell