PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

शवमाथि शासकको आसन !



रवीन्द्र मानन्धर

शवमाथि शासकको आसन !

कोरोनाका सक्रिय सक्रमित एक लाख बढी हुँदा मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ। पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको छ। वैशाख २८ गते हालसम्मकै उच्च संख्यामा संक्रमितको निधन भयो। उक्त दिन २२५ जनाले ज्यान गुमाए।  

कोरोनाबाट संक्रमित हुने र मृत्युदरमा समेत उच्च वृद्धि भइरहेका बेला मुलुक भने राजनीतिक तरंगकै वरिपरि घुमिरहेको छ। सरकार गठन, गठबन्धन निर्माणलगायतका गतिविधिमै राजनीति घुमिरहेको छ। राजनीतिले कोरोनाले निम्त्याएको संकटलाई एक प्रकारले छायामा राखेको छ। 

सत्ता र शक्तिका लागि नेताहरुको जोड घटाऊ जारी रहँदा नागरिक कोरोनाका कारण धमाधम ज्यान गुमाउँदै छन्। छिमेकी मुलुकहरुमा संक्रमणदर बढेको अवस्थामा समेत सरकारले समयमा ध्यान नपु¥याउँदा संक्रमण नियन्त्रणबाहिर पुगेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell