PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कोभिडविरुद्ध पूर्ण रुपमा खोप लगाएकाले अब मास्क लगाउनुपर्दैन : सिडिसी



कोभिडविरुद्ध पूर्ण रुपमा खोप लगाएकाले अब मास्क लगाउनुपर्दैन : सिडिसी

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले कोभिडविरुद्धको पूर्ण खोप लगाएकाले अब मास्क लगाइराख्नु नपर्ने जनाएको छ। घरभित्र होस् या बाहिर पूर्ण रुपमा खोप लगाएकाले मास्क लगाउनु नपर्ने सिडिसीले जनाएको हो। त्यसैगरी सिडिसीले पूर्ण खोप लिएकाले सामाजिक दुरी पनि कायम गर्नुनपर्ने जनाएको छ।

बिहीवार सिडिसीकी निर्देशक डाक्टर रोसेल वालेन्स्कीले ह्वाइट हाउसमा गरिएको कोभिड-१९ ब्रिफिङमा यस्तो बताएकी हुन्। 'यदि तपाईले पूर्ण रुपमा खोप लगाउनुभएको छ भने तपाईले महामारीअघि जस्तो गर्नुहुन्थ्यो। त्यस्तै गर्न सक्नुहुन्छ,' निर्दशक वालेन्स्कीले भनेकी छन्।

तीन वटा अध्ययनका उदाहरण प्रस्तुत गर्दै वालेन्स्कीले यस्तो बताएकी हुन्। इजरायल र अमेरिकाका दुई उदाहरण उनले प्रस्तुत गरेकी थिइन्। पूर्ण रुपमा भ्याक्सि लगाएकाले अब मास्क थन्काउनसक्ने वालेन्स्कीको भनाई थियो।

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले पनि पूर्णरुपमा कोभिडविरुद्धको भ्याक्सिन लगाएकाहरु घरबाहिर निस्कँदा मास्क लगाउनु नपर्ने बताएका छन्। अमेरिकाको एलर्जी तथा संक्रामक रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक रहेका फाउचीले एकदमै ठेलमठेल भएको स्थानमा बाहेक पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले मास्क लगाउनु नपर्ने बताएका हुन्।

‘हामी यो अवस्थासम्म आइपुग्न सफल भएका छौं। यदि तपाईले पूर्णरुपमा भ्याक्सिन लगाउनुभएको छ भने तपाईले घरबाहिर मास्क लगाउनु पर्दैन,' फाउचीले बताएका छन्।

हालसम्म अमेरिकामा पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु ११७ मिलियनभन्दा धेरै छन्। अमेरिकामा १८ बर्षमाथिको जनसंख्याको ५८ प्रतिशतभन्दा धेरैले भ्याक्सिन लगाइसकेका छन्।

कोरोनाविरुद्धको महामारी चर्की रहेको नेपालजस्तो मुलुकका लागि भने सीडीसीले ट्राभल एड्भाइजरी जारी गर्दै पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुलाई समेत मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, भींडभाडमा नजान भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell