PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

त्यो पर्दैन.. अक्सिजन पहिला यता भरौं



रवीन्द्र मानन्धर

त्यो पर्दैन.. अक्सिजन पहिला यता भरौं

'त्यो पर्दैन', राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका रुपमा ओलीलाई सपथ गराइरहँदा ओलीले राष्ट्रपतिलाई टेकओभर गरे। राष्ट्रपतिले बोलेको शब्द दोहोराउन अस्वीकार गरेपछि राष्ट्रपति पनि हाँस्दै अघि बढिन्। ओली फेरि प्रधानमन्त्री बने। यता शब्द शब्द छानेर ओली आफ्नो पुरानै सरकार ब्युँताइरहेको बेला जनता भने कोरोनाको मारमा अक्सिजन र अस्पतालमा बेड खोज्दै भौंतारिँदै थिए। उनको सपथको बेला अस्पताल बाहिर मानिसहरुको चाप बढ्दै थियो। कोरोना संक्रमितको 'श्वास' बचाउन अक्सिजन लिन डिपोमा धाउनेको संख्या पनि उत्तिकै थियो। जनता अक्सिजन खोज्न भौंतारिँदै गर्दा शीतल निवासमा भने नयाँ सरकार बन्दै थियो। विश्वासको मत लिन असफल भएको सरकारको 'श्वास' बचेकोमा प्रधानमन्त्री र मन्त्रीहरु खुशी देखिन्थे। तर जनता भने श्वास खोज्दै भौंतारिरहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell