PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

८ हजारभन्दा बढीमा संक्रमण देखिँदा ६१ सय भए संक्रमण मुक्त, थप २०३ जनाको मृत्यु



८ हजारभन्दा बढीमा संक्रमण देखिँदा ६१ सय भए संक्रमण मुक्त, थप २०३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २० हजार ९४८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको हो।

यस्तै, थप २०३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो तथ्यांक अनुसार ६ हजार १३५ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ।

देशभर हालसम्म ४ लाख ३९ हजार ६५८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ हजार ६६९ जनाको मृत्यु भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell