PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भोलिबाट काठमाडौं र काभ्रेका यी स्थानमा दिइनेछ 'भेरोसेल' खोपको दोस्रो डोज



भोलिबाट काठमाडौं र काभ्रेका यी स्थानमा दिइनेछ 'भेरोसेल' खोपको दोस्रो डोज

काठमाडौं : काठमाडौंमा भोलिदेखि कोरोना भाइरसविरुद्धको 'भेरोसेल' खोपको दोस्रो डोज प्रदान गरिँदैछ।

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सकिने उल्लेख गरिएको छ।

सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्। यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।

बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।

 

कहाँ छन् खोप केन्द्र ?

काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ। पहिलो डोज भने निश्चित अस्पताल र स्वास्थ्य केन्द्रबाट मात्रै प्रदान गरिएको थियो।

दोस्रो डोज भने काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट प्रदान गरिनेछ। त्यसका लागि ३२ वटा खोप केन्द्रहरु छुट्याइएको छ। ३२ वटा खोप केन्द्रसँगै महाराजगञ्ज मेडिकल क्याम्पसमा समेत खोप दिइनेछ।

चन्द्रागिरी नगरपालिकामा तीनवटा खोप केन्द्र तय गरिएको छ। कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई-दुई स्थानमा खोप केन्द्र तय गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक-एक वटा खोप केन्द्र तय गरिएको छ।

 दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ। पहिलो डोज लगाएको मिति अनुसार दोस्रो डोज लगाउने तालिका बनाइएको छ। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।

काठमाडौंपछि भक्तपुरमा जेठ ४ र ललितपुरमा जेठ ६ गतेबाट भेरोसेलको दोस्रो डोज प्रदान गरिने कार्यतालिका रहेको छ।

काभ्रेमा पनि भोलिबाटै खोप

काभ्रेमा भने भोलिबाटै भेरोसेलको दोस्रो डोज प्रदान गरिनेछ। 

काभ्रेमा भने चैत २६ गते देखि ३० गतेसम्म खोप लगाएकाले जेठ २ गते, चैत ३१ गते लगाएकाले जेठ ३ गते काभ्रेमा निश्चित गरिएका खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन्। यस्तै, बैशाख २, ३ र ४ गते खोप लगाएकाहरुले जेठ ४ गते र बैशाख ५ र ६ गते पहिलो डोज लगाएकाले जेठ ५ र ६ गते सम्बन्धित केन्द्रमा गएर दोस्रो डोज लगाउन सक्नेछन्।

काभ्रेमा दोस्रो डोज लगाउनका लागि ७ वटा खोप केन्द्र छुट्याइएको छ।

चीनमा उत्पादित 'भेरोसेल' भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो। चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell