PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भारतमा थप ३ लाख २६ हजारमा देखियो कोरोना संक्रमण, ३ लाख ५३ हजार भए संक्रमण मुक्त



भारतमा थप ३ लाख २६ हजारमा देखियो कोरोना संक्रमण, ३ लाख ५३ हजार भए संक्रमण मुक्त
Photo : The Economic Times

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार ९८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल संक्रमितको संख्यामा कमी आएको छ भने संक्रमण मुक्त हुनेको संख्या बढेको छ।

शनिबार बिहानसम्म ३ लाख ५३ हजार २९९ जना कोरोना संक्रमण मुक्त भएका छन्।

यस्तै, एकैदिन ३ हजार ८९० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। भारतमा हालसम्म २ करोड ४३ लाख ७२ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ लाख ६६ हजार २०७ जनाको मृत्यु भइसकेको छ।

हाल भारतभर ३६ लाख ७३ हजार ८०२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

१८ करोड ४ लाख ५७ हजार ५७९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। हाल भारतमा खोपको कमीले गर्दा राजधानी दिल्ली लगायतका साथै अन्य स्थानमा खोप कार्यक्रम रोकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell