PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुटवलमा थप ३ जना संक्रमितको मृत्यु



बुटवलमा थप ३ जना संक्रमितको मृत्यु

बुटवल : रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यू भएको छ। आइतवार बिहान २ र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यू भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार २ जनाको आकस्मिक कक्ष र एक जनाको बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हो।

नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालको आइसीयूमा उपचारका क्रममा आइतबार बिहान १२:४० बजे मृत्यू भएको हो।

वैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भइ उपचारत रहेको सूचना अधिकारी डा. गौतमले जानकारी दिए।

यसैगरी गुल्मी सत्यवती गाउँपालिका ५ निवासी ४५ वर्षीय पुरुषको आकस्मिक कक्षको वार्डमा उपचारका क्रममा मृत्यू भएको हो। वैशाख २८ गते भर्ना भएका उनको बिहान ५:१५ बजे मृत्यू भएको अस्पतालले जनाएको छ।

यसैगरी तिलोत्तमा ४ रुपन्देहीका ३६ वर्षीय पुरुषको आकस्मिक कक्षमा गएराति ९:५५ बजे मृत्यु भएको डा. गौतमले बताए। श्वासप्रश्वासको समस्याले अस्पताल ल्याएका उनको आकस्मिक कक्षमै मृत्यू भएको हो। यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३३९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell