PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

फिल्म 'राधे' पाइरेसी गर्नेलाई सलमानले दिए चेतावनी



फिल्म 'राधे' पाइरेसी गर्नेलाई सलमानले दिए चेतावनी

बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधे' पाइरेसी गर्नेलाई कारवाही गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन्।

‘राधे: योर मोस्ट वान्टेड भाइ’ इदको अवसरमा मे १३ मा सिनेमा घरसहित विभिन्न डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो। तर केही घण्टामा नै फिल्म पाइरेसी भएको हो।

फिल्म पाइरेसी गर्नेहरुसँग आक्रोशित हुँदै सलमानले लेखेका छन्, 'हामीले फिल्म राधे २४९ रुपैयाँमा हेर्नेगरी ल्याएका थियौं। तर पनि फिल्म पाइरेसी भइरहेको छ। जुन गैरकानुनी अपराध हो। साइबर सेल गैरकानुनी रुपमा फिल्मको पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने तयारीमा छ।’

उनले कसैलाई पनि पाइरेसीको हिस्सा नबन्न आग्रह गरेका छन्। 'साइबर सेलले तपाइको विरुद्धमा कडा कदम चाल्नेछ। प्लिज, सम्झिनुहोला तपाई साइबर सेलको निशानामा पर्न सक्नुहुन्छ,’ सलमानले सचेत गराएका छन्।

फिल्ममा सलमानका अलावा दिशा पटानी, रणदीप हुड्डाको मुख्य भूमिका छ। फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell