PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

युएनकी नेपाल प्रतिनिधिले अक्सिजन सहयोग गर्न आह्वान गर्दै भनिन् : केही नेपालीले श्वास फेर्न सकिरहेका छैनन्



युएनकी नेपाल प्रतिनिधिले अक्सिजन सहयोग गर्न आह्वान गर्दै भनिन् : केही नेपालीले श्वास फेर्न सकिरहेका छैनन्
Photo : @NyantiSara/ Twitter

काठमाडौं : संयुक्त राष्ट्रसंघकी नेपाल प्रतिनिधि सारा बेसोलो न्यान्तीले नेपाललाई अक्सिजन सहयोग गर्न आह्वान गरेकी छिन्।

पछिल्लो समय अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको अवस्थामा उनले ट्वीट गर्दै सहयोग गर्न आह्वान गरेकी हुन्।

'केही नेपालीहरुले श्वास फेर्न सकिरहेका छैनन्। सीसीएमसी र नेपालीहरुका लागि हामीलाई अक्सिजन सहयोग गर्नुस्' उनले ट्वीट गर्दै उल्लेख गरेकी छिन्।

साराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर आवश्यक सहयोगको प्रतिबद्धता समेत जनाएकी थिएन्। भ्याक्सिन, अक्सिजन लगायत अन्य सामाग्री सहयोग गर्न युएन नेपाल जहिलै तयार रहेको उनले बताएकी थिइन्।

 

केहीदिन अघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल लगायत दक्षिण एसियाली देशलाई तत्काल सहयोग आवश्यक रहेको बताएको थियो। भारतबाट दक्षिण एसियाली राष्ट्रभर संक्रमणको विकराल बन्दै गइरहेको भन्दै डब्लुएचओका महानिर्देशक डा टड्रोस अधानोम गेब्रेयससले आपतकालिन सहयोग आवश्यक रहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell