
जनता अस्पतालको खोजीमा छन्। शय्याको सकस छ। अक्सिजनको अभाव। भेन्टिलेटर भेटिन्न। मिल्दैन आइसीयू। अनि वन मन्त्री भन्छन् - चिन्ता नलिनु, चिताका लागि अभाव हुनेछैन काठ।
प्रधानमन्त्री अस्पतालमा बेड अभाव देख्दैनन्। सासको सकस कस्तो हुन्छ भोगिरहेका छन् जनता। अभावको श्रृङ्खला यति लामो भइसक्यो कि सरकारतिर लोलाएका आँखा र चनाखो भइरहेको कानले सुन्नुपर्छ - जलाउन दाउरा अभाव हुन्न। ट्रकका ट्रक तराईबाट आउँदैछ। यो युगको 'सकसपूर्ण समृद्धि'मा हाम्रो यात्रा जारी छ।