PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

भारतमा संक्रमितको संख्या घट्दै, एकैदिन मृत्यु हुनेको संख्या भने हालसम्मकै धेरै



भारतमा संक्रमितको संख्या घट्दै, एकैदिन मृत्यु हुनेको संख्या भने हालसम्मकै धेरै
PHOTO : AP / Rafiq Maqbool

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ३२९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। एएनआइका अनुसार भारतमा संक्रमणका कारण एकैदिन मृत्यु पुष्टि भएको यो संख्या हाल सम्मकै धेरै हो।

हाल भारतमा दैनिक संक्रमण पुष्टि हुनेको संख्या घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ५३३ जनामा संक्रमण देखिँदा ४ लाख २२ हजार ४३६ जना संक्रमण मुक्त भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंगलबार बिहानसम्म भारतमा ३३ लाख ५३ हजार ७६५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। भारतमा हालसम्म २ करोड ५२ लाख २८ हजार ९९६ जनामा संक्रमण देखिएको छ भने २ लाख ७८ हजार ७१९ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell