PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

औषधीको कृत्रिम अभाव ! मेडिकल संचालक समस्यामा



सुमित मिश्र

औषधीको कृत्रिम अभाव ! मेडिकल संचालक समस्यामा

जनकपुरधाम : कोरोना संक्रमण तीव्र गतिले बढ्दै गइरहेको अवस्थामा जनकपुर बजारमा औषधीको अभाव सुरु भएको छ। औषधी अभाव हुँदा संक्रमितको उपचार समेत प्रभावित भएको छ।

यहाँका थोक बिक्रेताले बजारमा औषधीको कृत्रिम अभाव सिर्जना गरेको औषधी पसल सञ्चालकहरुले आरोप लगाएका छन्। 

कोरानाको उपचारका लागि पहिलो चरणमा आवश्यक पर्ने औषधीको अभाव भइरहेको हो। 

जनकपुरधामको अस्पताल रोडस्थित जालान मेडिकल हलका सञ्चालक सुमित जालानले स्टकिस्टहरुले आवश्यक औषधि उपलब्ध नगराएपछि अबको एक हप्तामा पसल नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने बताए। उनले संक्रमितका लागि आवश्यक पर्ने पहिलो चरणकै औषधीहरुको बजारमा अभाव भएको गुनासो गरे। बजारमा औषधी उपलब्ध हुन छाडेपछि संक्रमितको उपचारमा समस्या हुने गरेको उनले बताए।

कुनै पनि व्यक्ति कोरोना संक्रमित हुने बित्तिकै उनका लागि आवश्यक पर्ने जिङ्क ट्याबलेट, भिटामिन सी, भिटामिन डी, एजिथ्रोमाइसिन, पारासिटामोल, आइबरमेट्रिन, इभरमेटिसिन, एस्पिरिन, डेक्सामेथासोन, प्रेडनिसोलोन, डक्सिसाइक्लिन लगायतका औषधी तथा कतिपय इन्जेक्सनको जनकपुरधाम बजारमा कृत्रिम अभाव सिर्जना गरिएको जलानले बताए।

जनकपुरका स्टकिस्टहरुले औषधि मगाए पनि खुद्रा व्यापारीको पसलसम्म सहज रुपमा नपुेगेको भरोसा मेडिकल हलका सञ्चालक आनन्द बिक्रमले बताए। उनले वीरगंजबाट औषधी आइरहे पनि जनकपुरका बजारमा सहज रुपमा पुग्न नदिएको गुनासो गरे।

यस सम्बन्धमा स्टकिस्ट मध्येका एक पी मेडिसिनका सञ्चालक प्रमोद अग्रवालले बजारमा औषधी सहज रुपमा उपलब्ध नरहे पनि आफूहरु यसतर्फ निरन्तर पहल गरिरहेको बताए। उनले स्टकिस्टहरुले औषधिको बजारमा कुनै प्रकारको कृत्रिम अभाव सिर्जना भने नगरेको दाबी गरे।
उनले विगतको तुलनामा बजारमा औषधीको माग ह्वात्तै बढेकाले अभाव सिर्जना भएको बताए।

उनले आफूसँग उपलब्ध औषधी बजारमा सहज रुपमा उपलब्ध गराइरहेको दाबी समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell