PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोरोनाबाट पत्रकार चौधरीको मृत्यु



कोरोनाबाट पत्रकार चौधरीको मृत्यु

बुटवल :  रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण मृत्यु भएको छ। बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उनको मृत्यु भएको हो।

तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उनलाइ पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो। १० दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको आज बिहान २:४५ बजे निधन भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी जानकारी दिए।

तिलोत्तमा ५ मणिग्राम निवासी ६१ वर्षीय पत्रकार चौधरी २ दशकदेखि रेडियो लुम्बिनीमा कार्यरत थिए। उनका श्रीमती, ४ छोरी र २ छोरा छन्। उनको निधनले पत्रकार महासंघ स्तब्ध भएको अध्यक्ष रामराज पोखरेलले बताएका छन। महासंघले एक असल कर्मशील पत्रकार गुमाउनुपरेको सचिव बिनोद परियारले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell