![पछिल्लो भूकम्पको केन्द्रबिन्दु पनि लमजुङको भुलभुले नै, काठमाडौंसम्मै धक्का महसुस](https://pahilopost.com/assets/upload/contentthumb/185383020_4043178942405099_7733844474561910561_n1.jpg)
काठमाडौं : लमजुङ केन्द्रबिन्दु भएर आजै दोस्रो पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५:४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो। यसैगरी ८:२६ बजे दोस्रो पटक भूकम्प गएको छ।
पछिल्लो भूकम्प ५.३ रिक्टर स्केलको भएको भूकम्प मापन केन्द्रले जनाएको छ। यो पराकम्प भएको केन्द्रले जनाएको छ। काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको थियो। आज बिहान लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पको पनि काठमाडौंमा धक्का महसुस गरिएको थियो।