काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन्। कोरोना उपचार, नियन्त्रण तथा रोकथामका लागि संसदीय दलको नेतृत्व गर्दै देउवाले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन्।
कांग्रेस संसदीय दल कार्यसमितिको बिहीवार बसेको बैठकले बिभिन्न ११ बुँदे निर्णय गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएको थियो। बैठकले प्रधानमन्त्री ओलीकै गलत विश्लेषणका कारण कोरोनाले क्षति बढाएको दाबीसमेत गरेको छ।
यसैबारे सरकारलाई थप गम्भीर बन्न सरकारको ध्यानाकर्षणका लागि देउवाले ओलीलाई भेट्न लागेको कांग्रेसले जनाएको छ। रासस