PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यसपटक त डबल रामधुलाई भेटियो नि 'बा'



यसपटक त डबल रामधुलाई भेटियो नि 'बा'

आज बिहानै देखि देशका विभिन्न भेग बादलले घेरिए। कतै मुसलधारे पानी पर्‍यो त कतै सामान्य। हेटौंडामा भने बादलले नै छाता ओड्यो। रामबहादुर थापा 'बादल' ले है! राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बनेका उनी आफ्नो भविष्य निर्धारण भइरहँदा हेटौंडामा छाता बोकेर पुगेको तस्विर सार्वजनिक भएसँगै सामाजिक संजालमा धेरैले व्यङ्ग्य गरे : यो छाताले बादललाई बचाउला त ? उपनिर्वाचनमा वाग्मतीबाट प्रतिस्पर्धा गर्दै गरेका उनी मतदान चल्दै गर्दा मन्त्री पदबाट पदमुक्त भए। सर्वोच्च अदालतले उनीसँगै माओवादी छाडेर एमाले प्रवेश गरि फेरि मन्त्री नियुक्त भएकाहरुलाई काम गर्न रोक लगायो। सर्वोच्चले बादललाई मन्त्रीबाट त हटायो नै हेटौंडामा भएको निर्वाचनमा उनी पराजित हुन पुगे। बादललाई एकै दिन दुई झट्का लाग्यो। उनी न मन्त्री रहे न सांसद नै बने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell