काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपतिको पछिल्लो कदमबारे निर्णय लिन आज बिहान ९ बजेका लागि आकस्मिक बैठक बोलाइएको छ। कांग्रेसले सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति मार्फत सो जानकारी दिएका हुन्। बैठकमा संसदीय दलका सचेतकहरु पनि उपस्थित हुने बताइएको छ।
विज्ञप्तिमा संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले बिहीबार साँझ जारी गरेको वक्तव्यलाई संविधान विपरीत र अलोकतान्त्रिक भनिएको छ।